गौरीकुमारी यादवको राजीनामापछि गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने तयारी
काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट बाहिरिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले उक्त मन्त्रालयको जिम्मेवारी गणेश पराजुलीलाई दिने तयारी गरेका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने प्रक्रिया अघि बढाइएको छ। सपथ ग्रहणका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्रसमेत पठाइसकेको स्रोतको भनाइ छ।
यससँगै पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने तयारी गरेका छन्। यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूसँग सम्बन्धित विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा आएको थियो।
नयाँ मन्त्रीका रूपमा पराजुलीको आगमनसँगै उद्योग क्षेत्रको सुधार, आपूर्ति व्यवस्थापन, व्यापार सहजीकरण तथा निजी क्षेत्रसँगको समन्वयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।