मौसमलाई ध्यान दिँदै समयमै गहुँ काट्न आग्रह

theoutsidenepal.com

कञ्चनपुर, कृष्णपुर नगरपालिका–७,

कृष्णपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष घुम्मन रानाले कृषकहरूलाई वर्तमान मौसम अवस्थालाई मध्यनजर गर्दै गहुँ बाली समयमै काट्न आग्रह गर्नुभएको छ।


हाल देखिएको मौसमको अनियमितता तथा सम्भावित वर्षाका कारण पाकिसकेको गहुँ बालीमा क्षति पुग्न सक्ने भएकाले सचेत रहन उहाँले अनुरोध गर्नुभएको हो। वडा अध्यक्ष रानाका अनुसार ढिलाइ गरेर बाली काट्दा उत्पादन घट्नुका साथै गहुँको गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले समयमै बाली भित्र्याउनु अत्यन्त आवश्यक रहेको छ।


वडा नं. ७ कार्यालयद्वारा जारी सूचनामा कृषकहरूलाई मौसम पूर्वानुमानको नियमित जानकारी लिन, आवश्यक कृषि उपकरणको व्यवस्था मिलाउन र सामूहिक रूपमा कटानी कार्यलाई तीव्रता दिन सुझाव दिइएको छ।


स्थानीय सरकार सधैं किसानहरूको हितमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्भावित प्राकृतिक विपद्बाट जोगिन अग्रिम तयारी गर्न समेत आग्रह गरिएको छ।


प्रतिक्रिया