नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति एनआरएनए अमेरिकाको शुभकामना

theoutsidenepal.com

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र शाह ले नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


अध्यक्ष शाहले सामाजिक सञ्जालमार्फत आफ्नो शुभकामना सन्देश सार्वजनिक गर्दै नयाँ सरकारप्रति उच्च अपेक्षा रहेको उल्लेख गरेका छन्। उनले देशभित्र सुशासन, आर्थिक समृद्धि र विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षणमा सरकार सफल हुने विश्वास व्यक्त गरे।


नयाँ मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानुनमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोत मन्त्री र सुदन गुरुङ गृहमन्त्री रहेका छन्।


त्यसैगरी प्रमिला रावल सामान्य प्रशासन, गीता चौधरी कृषि, विक्रम तिमिल्सिना सञ्चार, दिपक साह श्रम, सस्मित पोखरेल शिक्षा, गणेश पौडेल पर्यटन, सिता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।


अध्यक्ष शाहले विशेषगरी विदेशमा रहेका लाखौं नेपालीहरूको सुरक्षा, सम्मान र रोजगारीका अवसर विस्तारमा नयाँ सरकारले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै देशको समग्र विकासमा सरकार सफल हुने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया