एनआरएनए आईसीसी सह–कोषाध्यक्ष गंगा खतिवडाद्वारा रसुवा बाढीप्रति गहिरो दुःख व्यक्त

theoutsidenepal.com

एनआरएनए आईसीसी सह–कोषाध्यक्ष गंगा खतिवडाद्वारा रसुवा बाढीप्रति गहिरो दुःख व्यक्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्की सह–कोषाध्यक्ष गंगा खतिवडाले रसुवामा आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

खतिवडाले सामाजिक सञ्जालमार्फत बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन्।

उनले प्राकृतिक विपद्को यस दुःखद घडीमा पीडित परिवारको पीडाप्रति ऐक्यबद्धता जनाउँदै दिवंगत आत्माको चिरशान्तिको कामना गरेकी छन्।

रसुवालगायत बाढी प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला एनआरएनए नेतृत्वबाट व्यक्त यस्तो संवेदनाले विपद्मा परेका नेपालीप्रति प्रवासमा रहेका नेपाली समुदायको भावनात्मक साथ र ऐक्यबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ।


प्रतिक्रिया