“नैतिकताको उदाहरण कि क्षति?”—सुदन गुरुङको राजीनामामा प्रवासबाट मिश्रित प्रतिक्रिया

theoutsidenepal.com

“नैतिकताको उदाहरण कि क्षति?”—सुदन गुरुङको राजीनामामा प्रवासबाट मिश्रित प्रतिक्रिया


काठमाडौं।

गृहमन्त्री पदबाट सुदन गुरुङ को राजीनामापछि देशभित्र मात्रै होइन, प्रवासमा रहेका नेपालीहरूबीच पनि तीव्र प्रतिक्रिया देखिएको छ। यसै क्रममा अमेरिकामा बस्दै आएका युवा व्यवसायी तथा समाजसेवी प्रिंस युवराज कार्की ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।


कार्कीले गुरुङको राजीनामालाई “नैतिकताको उदाहरण” का रूपमा व्याख्या गर्दै यस कदमले व्यक्तिगत जिम्मेवारीबोध देखाएको उल्लेख गरेका छन्। तर, उनले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै “यो गलत निर्णय हो, यसले बिचौलियाहरूलाई जिताएको छ भने देशले एक ऊर्जावान र सक्षम गृहमन्त्री गुमाएको छ” भन्ने टिप्पणी गरेका छन्।


उनको भनाइले वर्तमान राजनीतिक घटनाक्रमप्रति प्रवासी नेपालीहरूको चासो र चिन्तालाई उजागर गरेको छ। विशेषगरी बालेन्द्र शाह नेतृत्वको सरकारमा देखिएको यो परिवर्तनलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ।


राजनीतिक विश्लेषकहरूका अनुसार गुरुङको राजीनामाले सरकारको नैतिक छवि मजबुत बनाउने प्रयास देखिए पनि यसले नेतृत्व क्षमताको निरन्तरतामा प्रश्न उठाएको छ। यता, सामाजिक सञ्जालमा भने यस विषयमा समर्थन र आलोचना दुवै स्वर उस्तै रूपमा सुनिन थालेका छन्।


प्रतिक्रिया