गोकर्णेश्वर नगरपालिकामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु

theoutsidenepal.com

गोकर्णेश्वर नगरपालिकामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु


काठमाडौं, वैशाख — गोकर्णेश्वर नगरपालिका ले नगरभित्रका सबै वडामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गरेको छ। नगर कार्यपालिकाको कार्यालय, जोरपाटी, काठमाडौं बाट जारी सूचनाअनुसार यो अभियान २०८३ वैशाख १५ गतेदेखि वैशाख ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ।


अभियान अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाबारे विस्तृत जानकारी संकलन गरिनेछ। यसका लागि अभिभावकलाई आफ्नो नजिकको स्वास्थ्य संस्था तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न आग्रह गरिएको छ।


नगरपालिकाले पोषण अवस्थाको यथार्थ विवरण संकलन गरी आवश्यक नीतिगत तथा कार्यक्रमगत सुधार गर्न यो अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। साथै, सबै अभिभावक तथा सरोकारवालालाई अभियान सफल बनाउन सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको छ।


सूचनामा नगरप्रमुख दीपक कुमार रिसालद्वारा हस्ताक्षर गरिएको छ।


प्रतिक्रिया