जापानबाट दिलेन्द्र प्रसाद जोशीलाई केन्द्रीय समितिमा मनोनयनको माग

theoutsidenepal.com

जापानबाट दिलेन्द्र प्रसाद जोशीलाई केन्द्रीय समितिमा मनोनयनको माग

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको सन्दर्भमा जापानस्थित प्रवास नेपाली सम्पर्क विभागका प्रतिनिधिहरूले साझा धारणा सार्वजनिक गर्दै प्रवास नेपालीहरूको सुनिश्चित र सम्मानजनक प्रतिनिधित्वको पक्षमा आफूहरू एकताबद्ध रहेको बताएका छन्।

प्रतिनिधिहरूले हालै जापानका प्रतिनिधि साथीहरूबीच भएको आन्तरिक छलफल तथा विचार–विमर्शबाट विगतका असमझदारी, मतभिन्नता र विविध परिस्थितिलाई आत्मसात गर्दै अब समावेशी, न्यायोचित र भौगोलिक सन्तुलनमा आधारित प्रतिनिधित्व सुनिश्चित गर्न सहकार्यका साथ अघि बढ्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

उनीहरूले प्रवास नेपाली सम्पर्क विभागका महाधिवेशन प्रतिनिधिहरूले उठाएका विषयहरू, विशेषगरी केन्द्रीय समितिमा प्रवासको सुनिश्चित प्रतिनिधित्व, समावेशी सहभागिता तथा प्रवासबाट भएको योगदानको सम्मानका सवालमा पार्टी नेतृत्वले सकारात्मक प्रतिबद्धता जनाएको भन्दै स्वागत गरेका छन्। प्रतिनिधिहरूका अनुसार प्रवासबाट उठाइएका एजेण्डाहरूको सम्बोधन नै उनीहरूको मुख्य उद्देश्य र साझा चाहना हो।

यसै क्रममा जापानबाट प्रवास संगठन निर्माणको प्रारम्भिक चरणदेखि सक्रिय भूमिका निर्वाह गर्दै प्रवास नेपाली सम्पर्क विभाग जापानको स्थापना, विस्तार तथा विश्वभर रहेका नेपालीहरूलाई संगठनमा आबद्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएका दिलेन्द्र प्रसाद जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा मनोनयन गर्न जापानस्थित प्रतिनिधिहरूले औपचारिक माग तथा सिफारिस गरेका छन्।

प्रतिनिधिहरूले जोशीको लामो संगठनात्मक अनुभव, पार्टीप्रतिको समर्पण, नेतृत्व क्षमता तथा प्रवास नेपालीहरूको भावना र अपेक्षाको प्रतिनिधित्व गर्ने भूमिकाले केन्द्रीय समितिलाई अझ समावेशी, प्रभावकारी र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

उक्त धारणा जापानस्थित प्रवास नेपाली सम्पर्क विभागका प्रतिनिधि साथीहरू तथा विभागका प्रमुख दीपक केसी कार्कीको तर्फबाट सार्वजनिक गरिएको हो।


प्रतिक्रिया