राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ ५७ जनाको सूची निर्वाचन आयोगमा पठाउने तयारी गरिरहेको छ। सो सूचीमा संवैधानिक प्रावधानअनुसार कम्तीमा ४७ जना महिला अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था रहेको छ।
यद्यपि, हाल सार्वजनिक भएको सम्भावित नामावलीमा रहेका महिला वा पुरुष उम्मेदवारमध्ये पछिल्लो क्रममा रहेका व्यक्तिहरूको नाम सम्बन्धित समूहबाट दलले अन्तिम समयमा हेरफेर गरेर पठाउन सक्ने सम्भावना रहेको बताइएको छ।
खस–आर्यबाट सम्भावित १४ महिला
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समिक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका संग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल र रमाकुमारी थापा।
आदिवासी जनजातितर्फ सम्भावित १४ महिला
बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ र जिना बिष्ट।
मधेसीबाट सम्भावित ८ महिला
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिता कुमारी चौधरी र पुनम साह।
दलितबाट सम्भावित ६ महिला
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार र तारा विश्वकर्मा।
थारू समुदायबाट सम्भावित २ महिला
गीता चौधरी र करिस्मा कठरिया।
मुस्लिम समुदायबाट सम्भावित ३ महिला
समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानी।
समानुपातिक सूची अन्तिम रूप दिनुअघि दलले समावेशी सिद्धान्त र संवैधानिक मापदण्डअनुसार अन्तिम समायोजन गर्ने सम्भावना रहेको छ।