एसएसपी सन्तोष खड्काको नेतृत्वमा विशेष अपरेसन: मसाज सेन्टरबाट २५८ जना पक्राउ

theoutsidenepal.com


एसएसपी सन्तोष खड्काको नेतृत्वमा विशेष अपरेसन: मसाज सेन्टरबाट २५८ जना पक्राउ



काठमाडौँ — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ले मसाज सेन्टरको आवरणमा अनैतिक तथा यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा २५८ जनालाई पक्राउ गरेको छ।


कार्यालयका प्रमुख सन्तोष खड्का को कमाण्डमा सञ्चालन गरिएको विशेष अपरेसनअन्तर्गत उपत्यकाका विभिन्न स्थानमा रहेका मसाज सेन्टरहरूमा छापा मारिएको थियो। छापामार कारबाहीका क्रममा ठूलो संख्यामा व्यक्तिहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार मसाजको नाममा अवैध र अनैतिक क्रियाकलाप सञ्चालन भइरहेको भन्ने उजुरीका आधारमा निगरानी र अनुसन्धानपछि उक्त अपरेसन सञ्चालन गरिएको हो।


पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिएका छन्।


प्रतिक्रिया