चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी की नेतृ सोविता गौतमले पार्टीका केन्द्रीय सभापति रवि लामिछाने भोलि चितवन आउने जानकारी दिएकी छन्।
उनका अनुसार फागुन ५ गते बिहान ११:३० बजे चितवन–३ अन्तर्गत गितानगर बजारमा तथा दिउँसो १२:३० बजे ज्योतिनगर बजारमा सभापति लामिछानेले स्थानीय मतदाता र समर्थकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रममा उपस्थित भई प्रत्यक्ष संवाद गर्न सोविता गौतमले सबै मतदाता, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेकी छन्। चुनावी अभियानलाई तीव्र बनाउँदै रास्वपाले चितवन–३ मा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
16 February 2026