भक्तपुर–३ मा सोविता गौतमको चुनावी माहोल तात्दै—रास्वपाकी नेतृ सोविता गौतमप्रति जनलहर उर्लियो

theoutsidenepal.com

भक्तपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतम यतिबेला भक्तपुर–३ मा चुनावी अभियानलाई तीव्रता दिँदै घरदैलो तथा भेटघाट कार्यक्रममा व्यस्त छिन्। उनले सामाजिक सञ्जालमार्फत् “भरपुर सकारात्मक उर्जा बोकेर हिँडेको छु, आज दिनभरि भरतपुर १५, २३, २४, २५ मा हुनेछु, भेटौँ है त!” भन्दै मतदातासँग प्रत्यक्ष भेटको आह्वान गरेकी छन्।


उनको उक्त सन्देशसँगै क्षेत्रमा चुनावी माहोल झन् तातेको छ। स्थानीय बासिन्दा, युवा तथा महिला समूहहरूबाट उल्लेख्य सहभागिता देखिएको छ भने समर्थकहरूले “परिवर्तनको नेतृत्व सोविताबाट” भन्ने नारासहित उत्साहपूर्ण स्वागत गरिरहेका छन्।


रास्वपाको नयाँ राजनीतिक एजेन्डा, सुशासन र पारदर्शिताको प्रतिबद्धतासँगै सोविता गौतमप्रति मतदाताको आकर्षण बढ्दो देखिन्छ। विशेषगरी युवापुस्तामाझ उनको सक्रियता, स्पष्ट अभिव्यक्ति र जुझारु शैलीले जनलहर सिर्जना गरेको समर्थकहरूको दाबी छ।


भक्तपुर–३ मा यसपटकको चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाँदा सोविता गौतमको अभियानले गति लिएको छ। घरदैलोदेखि टोलभेलासम्म जनसहभागिता उल्लेखनीय देखिएकाले चुनावी परिणाम कस्तो आउने हो भन्ने चासो सर्वत्र बढेको छ।


भक्तपुर–३ मा परिवर्तनको बहस तीव्र, सोविता गौतम केन्द्रमा।


प्रतिक्रिया