रास्वपाको ‘काँचुली फेर्ने’ अभियान : पुराना नियुक्ति हटाउँदै आमूल परिवर्तनको तयारी

theoutsidenepal.com

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ जनादेशअनुसार देशमा आमूल परिवर्तन गर्ने स्पष्ट संकेत दिएको छ। ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले “यस पटक देशको मुहार फेर्ने, काँचुली फेरेरै अघि बढ्ने” प्रतिबद्धता दोहोर्‍याउँदै सांसदहरूलाई इमानदार र जनताप्रति उत्तरदायी बन्न निर्देशन दिए।


रास्वपाले पुराना राजनीतिक नियुक्तिहरू हटाएर मेरिट र क्षमताका आधारमा नयाँ नियुक्ति गर्ने योजना अघि सारेको छ। सरकार गठनसँगै हाल कायम रहेका राजनीतिक नियुक्तिधारीलाई स्वेच्छिक रूपमा पद त्याग्न आग्रह गर्ने, नमानेमा निलम्बन प्रक्रिया अघि बढाउने तयारी समेत गरिएको जनाएको छ।


प्रवक्ता मनिष झा का अनुसार पार्टी पुनर्संरचनासहित नयाँ शासन मोडेलमा जाने तयारीमा छ, जसले पारदर्शिता र प्रभावकारी जनसेवामा जोड दिनेछ।


फागुन २१ को निर्वाचनमा १८२ सिटसहित पहिलो शक्ति बनेको रास्वपा अब बालेन्द्र शाह नेतृत्वमा सरकार गठनको तयारीमा जुटेको छ। नयाँ सरकारको पहिलो प्राथमिकता प्रशासनिक सुधार र १०० दिनभित्र देखिने परिणाम दिने रहने बताइएको छ।


प्रतिक्रिया