नेपाली राजनीतिक वृत्तमा महत्वपूर्ण मोड ल्याउँदै अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा फैसला सुनाएको छ। उक्त फैसलाअनुसार गगनकुमार थापा सभापति रहेको पक्षलाई नै आधिकारिक नेपाली कांग्रेसको मान्यता प्रदान गरिएको छ।
यो निर्णयसँगै लामो समयदेखि चल्दै आएको आन्तरिक विवादको अन्त्य भएको ठानिएको छ भने पार्टीभित्र नयाँ ऊर्जा र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।
यसै सन्दर्भमा कांग्रेसका युवा नेता तथा व्यवसायी महेन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत सम्पूर्ण काङ्ग्रेसजनलाई बधाई व्यक्त गरेका छन्। उनले अदालतको निर्णयलाई लोकतान्त्रिक प्रक्रिया र विधिको शासनको विजयका रूपमा व्याख्या गर्दै पार्टीलाई अब एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
उनको स्टाटसमा उल्लेख छ कि, “अदालतको यो ऐतिहासिक निर्णयसँगै अब कांग्रेसभित्रको अन्योल समाप्त भएको छ। सम्पूर्ण काङ्ग्रेसजनलाई हार्दिक बधाई 🙏🏻।”
राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णयले नेपाली कांग्रेसभित्रको नेतृत्व स्पष्ट पार्नुका साथै आगामी राजनीतिक यात्रालाई समेत दिशा दिने विश्वास गरिएको छ।