“Leader of Tomorrow देखि Leader of Today सम्म” — सांसद जगदीश खरेलको अन्तर्राष्ट्रिय अनुभव साझेदारी

theoutsidenepal.com

“Leader of Tomorrow” देखि “Leader of Today” सम्म—जगदीश खरेलको विश्व मञ्चमा प्रेरणादायी यात्रा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधि सभा सांसद जगदीश खरेलले स्विट्जरल्याण्डमा आयोजित प्रतिष्ठित St. Gallen Symposium मा वक्ताका रूपमा सहभागी हुँदै आफ्नो नेतृत्व यात्राको अनुभव अन्तर्राष्ट्रिय मञ्चमा साझा गरेका छन्।


सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खरेलले सन् २०१२ मा “Leader of Tomorrow” का रूपमा उक्त कार्यक्रममा पहिलो सहभागिता जनाएको स्मरण गरेका छन्। त्यसपछि सन् २०१८ मा “Emerging Leader” को रूपमा उपस्थित भएका उनी यसपटक “Leader of Today” का रूपमा वक्ता बनेर उभिएका हुन्/


उनले विश्वका ४० भन्दा बढी विश्वविद्यालयबाट आएका युवा प्रतिनिधिहरूसँग आफ्नो संघर्ष, अनुभव र नेतृत्व विकासको यात्राबारे विचार आदान–प्रदान गर्न पाउँदा गर्व लागेको उल्लेख गरेका छन्। साथै, यस्तो अवसरले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको भन्दै उनले आयोजकप्रति आभार व्यक्त गरेका छन्।


स्विट्जरल्याण्डमा आयोजना हुँदै आएको St. Gallen Symposium विश्वभरका युवा नेतृत्व, नीति निर्माता तथा विचारकहरूलाई एकै थलोमा ल्याएर अनुभव साटासाट गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा परिचित छ।

प्रतिक्रिया