त्रिवि क्रिकेट मैदान नहट्ने, सरकारको स्पष्ट भनाइ

theoutsidenepal.com

त्रिवि क्रिकेट मैदान नहट्ने, सरकारको स्पष्ट भनाइ


काठमाडौं — सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान हटाउने कुनै योजना नभएको स्पष्ट पारेका छन्। सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले खेल मैदान खाली गराउने सरकारको उद्देश्य नभएको बताएका हुन्।


उनका अनुसार यस विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग छलफल भइसकेको छ। “लिज सम्झौता सकिएको हुनाले त्यसलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने अवस्था आएको हो, त्यसका लागि सकारात्मक कुराकानी भएको छ,” उनले भने।


पोखरेलले राज्यको ठूलो लगानी रहेको उक्त क्रिकेट मैदान कुनै हालतमा खाली नगरिने समेत स्पष्ट पारे।


यसैबीच उनले सरकारको ३० दिनको कार्यसम्पादनको मूल्याङ्कन भइरहेको जानकारी दिँदै निर्धारित अधिकांश काम अघि बढिसकेको बताए। साथै, अब १०० दिनको कार्ययोजना कार्यान्वयनतर्फ सरकार केन्द्रित भएको उनको भनाइ छ।


प्रतिक्रिया