शारदा मल्ल ठकुरी यूएनडीओ यूएसएको सचिवमा नियुक्त

theoutsidenepal.com

शारदा मल्ल ठकुरी यूएनडीओ यूएसएको सचिवमा नियुक्त

अमेरिकामा सक्रिय United Nepali Diaspora Organization (UNDO USA) को सचिव पदमा शारदा मल्ल ठकुरी नियुक्त भएकी छन्। संस्थाको कार्यसमिति सन् २०२६–२०२९ का लागि उनलाई सचिवको जिम्मेवारी दिइएको हो।

नवनियुक्त सचिव ठकुरीले आफूलाई सचिवको जिम्मेवारी दिएकोमा United Nepali Diaspora Organization प्रति आभार व्यक्त गरेकी छन्। उनले संस्थामा आबद्ध हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको बताउँदै नेपाली डायस्पोरालाई सशक्त बनाउने, विश्वभर रहेका नेपालीबीच सम्बन्ध विस्तार गर्ने तथा सामूहिक प्रयासमार्फत नेपालको विकासमा योगदान पुर्‍याउने उद्देश्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

ठकुरीले आफ्नो सामाजिक सञ्जालमार्फत संस्थाका संरक्षक शेष घलेको नेतृत्वमा नेपाली डायस्पोराको सशक्तीकरण र विश्वव्यापी नेपाली समुदायबीच सहकार्य बढाउने अभियानमा जोडिन पाएको उल्लेख गरेकी छन्। उनले शेष घलेलाई ‘परिचय आवश्यक नपर्ने व्यक्तित्व’का रूपमा समेत उल्लेख गर्दै उनको नेतृत्वमा काम गर्न पाउनु गौरवको विषय भएको बताएकी छन्।

UNDO USA को कार्यसमितिमा राजेश पाण्डे अध्यक्ष, रेनु शर्मा सापकोटा र साम्बा पी. लामिछाने उपाध्यक्ष तथा शारदा मल्ल ठकुरी सचिव रहेका छन्।

ठकुरीको नियुक्तिसँगै नेपाली डायस्पोरा समुदायमा उनको नेतृत्वदायी भूमिकाले संस्थाको आगामी कार्यदिशा र अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया