सुदूरपश्चिम नीति आयोगको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई निमन्त्रणा

theoutsidenepal.com

द टन न्युज , काठमाडौं । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप बहादुर सुनार ले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षलाई आयोगद्वारा आयोजना गरिने आगामी कार्यक्रमका लागि औपचारिक निमन्त्रणा दिएका छन्।


सुनारले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भोलि आयोजना हुने उक्त कार्यक्रममा उपाध्यक्षज्यूलाई सहभागी हुन आग्रह गरिएको बताएका हुन्।


यसैक्रममा आज सिंहदरबारमा निर्वाचन आयोग का माननीय आयुक्त, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका पूर्व प्रमुख सचिवसँग भेटघाट तथा छलफल गरिएको उनले जानकारी दिएका छन्।


भेटघाटका क्रममा प्रदेशस्तरीय योजना, विकासका प्राथमिकता तथा समन्वयका विषयमा कुराकानी भएको बताइएको छ।


आयोगले आयोजना गर्ने कार्यक्रममा विभिन्न नीति तथा योजना सम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया