काठमाडौं क्षेत्र नं. ६ मा चुनावी सरगर्मी उत्कर्षमा पुगिरहेका बेला वारिस धरेल ले उज्यालो नेपाल पार्टीको तर्फबाट घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका धरेलले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार तथा स्थानीय पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। उनले “अब नाराभन्दा काम ठूलो” भन्ने सन्देशसहित परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। जनताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र उत्साहजनक समर्थनले काठमाडौं–६ मा नयाँ राजनीतिक तरंग पैदा भएको विश्लेषण भइरहेको छ।
धरेलले जनगुनासा सुन्ने, समाधानका स्पष्ट योजना सार्वजनिक गर्ने र निर्वाचित भए तुरुन्त कार्यान्वयनमा जाने प्रतिबद्धता दोहोर्याउँदै मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन्।
काठमाडौं–६ मा यसपटक परिवर्तन र जवाफदेहिताको बहस चर्किँदै जाँदा वारिस धरेलको सक्रियता चुनावी मैदानमा प्रभावशाली रूपमा स्थापित हुँदै गएको देखिन्छ।