“विश्वासको राजनीतिसँगै घरदैलोमा बीरेन्द्र श्रेष्ठ – रामेछापमा ‘आँखा’ प्रतीकप्रति बढ्दो आकर्षण”

theoutsidenepal.com
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा चुनावी माहोल तातिएको छ। प्रतिनिधि सभाका उम्मेदवार बीरेन्द्र श्रेष्ठ यतिबेला घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्।
“रामेछापको भविष्य किताबमा होइन, हामीबीचको विश्वासमा लेखिन्छ,” भन्ने सन्देशसहित उनी गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। बुवा–आमा, दिदीबहिनी, दाजुभाइ तथा युवासँग भेटघाट गर्दै उनले स्थानीय आवश्यकताहरू, आशा र अपेक्षाबारे सुन्ने र नोट गर्ने काम गरिरहेका छन्।
श्रेष्ठले विकासका ठूला नारा भन्दा पनि विश्वास, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिलाई प्राथमिकता दिने बताएका छन्। उनका अनुसार रामेछापको समृद्धि सामूहिक प्रयासबाट मात्रै सम्भव छ। “हामी सँगै हिँड्यौं भने परिवर्तन सम्भव छ,” उनले घरदैलो अभियानका क्रममा दोहोर्‍याइरहेका छन्।
अहिले चुनावी मैदानमा बाँकी १७ दिन मात्रै रहेको अवस्थामा उनका समर्थकहरू ‘आँखा’ चुनाव चिन्हमा मत दिन आग्रह गर्दै सक्रिय देखिन्छन्। सामाजिक सञ्जालदेखि टोलभेलासम्म ‘आँखामा भोट’ अभियान तीव्र बन्दै गएको छ।
स्थानीय बासिन्दाहरूले पनि सरल, सहज र प्रत्यक्ष संवाद गर्ने शैलीले श्रेष्ठप्रति सकारात्मक माहोल बनेको प्रतिक्रिया दिएका छन्। युवा पुस्ता, महिला समूह तथा ज्येष्ठ नागरिकसँगको भेटघाटले उनको अभियानलाई थप उर्जा दिएको देखिन्छ।
फागुन २१ गते हुने निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गरी सेवा गर्ने अवसर दिन रामेछापेली जनतासँग उनले अपिल गरेका छन्। अब निर्णयको घडी नजिकिँदै गर्दा रामेछापको राजनीतिक दिशानिर्देश जनताकै हातमा रहेको छ।

प्रतिक्रिया