द टन न्युज ॥ विशेष रिपोर्ट
सोलुखुम्बुका निर्वाचित कांग्रेस महाधिवेशन प्रतिनिधिलाई महेन्द्र बस्नेतको बधाई, एकताबद्ध भएर पार्टी सुदृढ बनाउन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं व्यवसायी तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका युवा मामिला उपसभापति महेन्द्र बस्नेतले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित सम्पूर्ण नेताहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
बस्नेतले निर्वाचित प्रतिनिधिहरूको विजयले नेपाली कांग्रेस सोलुखुम्बुलाई अझ मजबुत, एकताबद्ध र गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले सगरमाथाको शिरमा नेपाली कांग्रेसको चारतारे झन्डा अझ उँचो फहराउन निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
साथै, महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सहभागी भई प्रतिस्पर्धा गरेका तर परिणाम आफ्नो पक्षमा पार्न नसकेका नेताहरूलाई विचलित नभई पार्टी संगठनमा निरन्तर सक्रिय रहन बस्नेतले आग्रह गरेका छन्।
निर्वाचनमा पराजित भएका नेताहरूको योगदानलाई समेत सम्मान गर्दै जिल्ला कार्यसमितिलगायत पार्टीका विभिन्न जिम्मेवारी र संरचनामा सबैलाई समेटेर एकताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
बस्नेतले निर्वाचित महाधिवेशन प्रतिनिधिलगायत कांग्रेसका सबै नेता–कार्यकर्ताले पार्टीलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
उनले पुनः सोलुखुम्बुबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
महेन्द्र बस्नेत
युवा मामिला उपसभापति
नेपाली जनसम्पर्क समिति अमेरिका