नायिका रेखा थापाले श्रीमानसँगको तस्बिर सार्वजनिक गर्दै दिइन् प्रेम दिवसको शुभकामना

theoutsidenepal.com

काठमाडौं । लोकप्रिय नायिका रेखा थापाले प्रेम दिवसको अवसर पारेर आफ्नो श्रीमानसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै भावनात्मक सन्देश साझा गरेकी छन् । उनले श्रीमान बलराम शाही ठकुरी सँगको तस्बिर पोस्ट गर्दै प्रेम र मायाको फरक अर्थबारे रोचक स्टाटस लेखेकी हुन् ।


थापाले आफ्नो स्टाटसमा “माया मनले हुन्छ र प्रेम मस्तिष्कले, त्यसैले माया मात्र त पागल मनले मात्र पनि हुन्छ तर प्रेम गर्न पागल मन मात्र होइन सचेत मस्तिष्क पनि चाहिन्छ । ह्याप्पी भ्यालेन्टाइन डे” उल्लेख गर्दै प्रेम दिवसको शुभकामना व्यक्त गरेकी छन् ।


उनको उक्त पोस्ट सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ भने प्रशंसकहरूले शुभकामना तथा सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् । व्यक्तिगत जीवनका झलक कमै सार्वजनिक गर्ने थापाले यसपटक प्रेम दिवसको अवसरमा श्रीमानसँगको तस्बिर सार्वजनिक गरेपछि उनका समर्थकहरू उत्साहित देखिएका छन् ।


प्रतिक्रिया