प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त

theoutsidenepal.com

प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त

काठमाडौं, भदौ ३ । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् ।

रावललाई प्रचण्डको स्वकीय सचिवको जिम्मेवारी दिइएको हो । जिम्मेवारी पाएसँगै रावलले देश र जनताको सेवामा निरन्तर सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रावल रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ का हुन् । नयाँ जिम्मेवारीसँगै उनले पार्टी नेतृत्व तथा जनतासँगको समन्वयमा आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया