दुर्घटनामा घाइते बालक अन्सलाई डा. सुनीलकुमार शर्माको सहयोग, पाए नयाँ जीवन

theoutsidenepal.com


दुर्घटनामा घाइते बालक अन्सलाई डा. सुनीलकुमार शर्माको सहयोग, पाए नयाँ जीवन



Sunil Kumar Sharma को पहलमा दुर्घटनामा गम्भीर घाइते भएका एक बालकले नयाँ जीवन पाएका छन्।


Sarlahi घर भएकी सकुन्तल शाह हाल Kapan–सुकेधारामा मकै पोलेर परिवार चलाउँदै आएकी थिइन्। दैनिक ज्याला मजदुरीबाट जीवन धानिरहेकी सकुन्तलको संसार उनका नाबालक छोरा अन्सकुमार साह वरिपरि घुम्थ्यो। तर एक दिन अचानक आएको दुर्घटनाको खबरले उनको जीवन नै स्तब्ध बनायो।


ट्युसन पढेर कोठातर्फ फर्किरहेका अन्स बाटो काट्ने क्रममा गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए। स्थानीयले खबर दिएपछि आत्तिएकी आमा घटनास्थलतर्फ दौडिएकी थिइन्। गम्भीर अवस्थामा रहेका अन्सलाई तत्काल Tribhuvan University Teaching Hospital पुर्‍याइए पनि थप उपचारका लागि Kathmandu Medical College रेफर गरिएको थियो।


एकातिर सानो बालकको जीवन बचाउने चिन्ता, अर्कोतिर उपचार खर्च जुटाउने समस्या—सकुन्तलका लागि त्यो समय अत्यन्त पीडादायी बनेको थियो। यहीबीच छिमेकी माधव चौलागाईंले घटनाबारे जानकारी पाएपछि Sunil Kumar Sharma सँग अन्सको निःशुल्क उपचारका लागि आग्रह गरेका थिए।


घटनाबारे जानकारी पाएलगत्तै डा. शर्माले Kathmandu Medical College का चिकित्सक तथा पदाधिकारीलाई तत्काल उपचार अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि चिकित्सक टोलीले अन्सको टाउकोको सफल शल्यक्रिया गरेको थियो। समयमै गरिएको उपचार, चिकित्सकहरूको मेहनत तथा सहयोगीहरूको साथले अहिले अन्सको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको परिवारले जनाएको छ।


छोराले नयाँ जीवन पाएपछि भावुक बनेकी सकुन्तल शाहले डा. शर्मा, उपचारमा संलग्न चिकित्सक टोली तथा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेकी छन्।


मानवीय सेवामा सक्रिय मानिने Sunil Kumar Sharma प्रतिनिधि सभामा सांसद रहँदा तलब–भत्ता नलिने एकमात्र सांसदका रूपमा समेत परिचित छन्। गम्भीर बिरामीको निःशुल्क उपचार, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेहरूको उपचारमा सहयोग तथा एम्बुलेन्स हस्तान्तरणजस्ता सामाजिक कार्यमार्फत उनी निरन्तर सक्रिय रहँदै आएका छन्।


अन्सको उपचार र जीवनरक्षाको यो घटनाले समयमै गरिएको सहयोग र मानवीय संवेदनाले कसैको जीवनमा नयाँ बिहानी ल्याउन सक्छ भन्ने सन्देश दिएको छ।


प्रतिक्रिया