कैलाली जिल्ला–४ मा गोरख बहादुर बिष्ट ‘आनन्द’को चुनावी अभियान तीव्र

theoutsidenepal.com

कैलाली — आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीमा नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट ‘आनन्द’ले कैलाली क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। उहाँले “साथ र तपाईंको विश्वास — समृद्ध कैलाली ४ को आधार” भन्ने नारा लिएर मतदातासँग प्रत्यक्ष संवाद गर्दै हुनुहुन्छ।


उम्मेदवार बिष्टले इमान्दार नेतृत्व, स्पष्ट योजना र परिणाममुखी कामप्रति आफ्नो अटल प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई सही निर्णय लिन आग्रह गर्नुभएको छ। अभियानमा घरदैलो भेटघाट, युवा तथा महिला केन्द्रित कार्यक्रम, र सामाजिक सञ्जालमार्फत जनसञ्चारलाई मुख्य माध्यम बनाइएको छ।


स्थानीय मतदाताहरूले उहाँको कार्यक्रम र योजनालाई सकारात्मक दृष्टिले हेरेका छन्। युवा तथा पहिलोपटक मतदान गर्ने मतदातामाझ पनि बिष्टको पक्षमा उत्साहपूर्ण सहभागिता देखिएको छ।


उम्मेदवार बिष्टले कैलाली ४ को समृद्धि र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा जोड दिने आफ्नो एजेण्डा सार्वजनिक गर्नुभएको छ। “अब सही निर्णयको समय हो। हामी सबै मिलेर परिवर्तनका लागि कदम चालौँ,” उहाँले मतदातालाई सम्बोधन गर्दै भन्नुभयो।


प्रतिक्रिया