वरिष्ठ कलाकार सुनिल थापाप्रति महानायक राजेश हमालको भावुक श्रद्धाञ्जली

theoutsidenepal.com

काठमाडौं — नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता महानायक राजेश हमालले दिवंगत कलाकार सुनिल थापाप्रति भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत् हमालले सुनिल थापासँगको सहकार्य र सम्बन्ध सम्झिँदै उनलाई नेपाली सिनेमाको इतिहासमा महत्वपूर्ण मोडको रूपमा वर्णन गरेका हुन्।


हमालले लेखेका छन्, “Sunil, you’ve been a wonderful colleague, you’ve left a vacuum that can never be filled…” भन्दै उनले थापाको अनुपस्थितिले नेपाली चलचित्र क्षेत्रलाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन्। साथै उनले “नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमायात्रा म तपाईंप्रति समर्पित गर्दछु।” भन्ने शब्दमार्फत् दिवंगत कलाकारप्रति उच्च सम्मान प्रकट गरेका छन्।


राजेश हमालको उक्त भावुक सन्देशले नेपाली चलचित्रकर्मी र दर्शकबीच गहिरो भावनात्मक तरंग सिर्जना गरेको छ। सुनिल थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदान, उनको अभिनय शैली र व्यक्तित्वलाई हमालले सधैं सम्झिरहने बताएका छन्।


नेपाली फिल्म उद्योगका अग्रज कलाकार सुनिल थापाको निधनले समग्र चलचित्र क्षेत्र शोकमा डुबेको छ। कलाकारहरू, निर्माता–निर्देशक तथा दर्शकहरूले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरिरहेका छन्।


प्रतिक्रिया