प्रधानमन्त्री बालेन्द्र शाहसँग इयू प्रतिनिधिमण्डलको शिष्टाचार भेट

theoutsidenepal.com

प्रधानमन्त्री बालेन्द्र शाहसँग इयू प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौं । European Union in Nepal ले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह सँग आज सम्पन्न शिष्टाचार भेटलाई सम्मानजनक र फलदायी भएको जनाएको छ।

नेपालस्थित युरोपेली संघकी राजदूत महामहिम भेरोनिक लोरेन्जो सहित इयू सदस्य राष्ट्रहरूका राजदूतहरूको संयुक्त टोलीले प्रधानमन्त्री शाहसँग भेट गर्दै नेपाल र युरोपेली संघबीचको द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेको हो। 🇪🇺🇳🇵

भेटका क्रममा नेपाल–इयू सम्बन्ध, विकास सहकार्य, लोकतन्त्र, सुशासन, जलवायु परिवर्तन, शिक्षा, आर्थिक साझेदारी तथा आपसी हितका विविध विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।

युरोपेली संघले नेपालसँगको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ विस्तार गर्दै विकास र समृद्धिका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया