खम्बा बनेर उभिए युवा पत्रकार एचबी ताम्राकार, आईजीपी दानबहादुर कार्कीको नेतृत्वको प्रशंसा
काठमाडौं । युवा पत्रकार एचबी ताम्राकारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको नेतृत्व, कार्यशैली र कानुनको शासनप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्।
ताम्राकारले सामाजिक सञ्जालमार्फत आईजीपी कार्कीको आजको विचार आफूलाई उत्कृष्ट र मननयोग्य लागेको उल्लेख गर्दै उहाँको नेतृत्व कुनै संयोग वा सामान्य यात्राको परिणाम नभएको बताएका छन्। अथक संघर्ष, दृढ इच्छाशक्ति, विवेकपूर्ण निर्णय र कर्तव्यप्रतिको अडानले कार्कीलाई वर्तमान नेतृत्वदायी स्थानसम्म पुर्याएको उनको भनाइ छ।
शक्तिशाली व्यक्तिहरूसँग समेत कानुनको दायराभित्र रहेर अघि बढ्ने कार्कीको शैलीले ‘कानुनभन्दा माथि कोही छैन’ भन्ने स्पष्ट सन्देश दिएको ताम्राकारले उल्लेख गरेका छन्।
राजनीतिक दबाब, शक्ति र प्रभावका अगाडि नझुक्ने साहस, अनुसन्धानमा देखाउने दृढता तथा जिम्मेवारीबाट पछि नहट्ने स्वभाव नै आईजीपी कार्कीको महत्वपूर्ण पहिचान भएको ताम्राकारको धारणा छ।
राज्यका शक्तिशाली व्यक्तिहरूमाथि समेत अनुसन्धानको प्रश्न उठ्दा निर्णय गर्ने नेतृत्वको साहस, निडरता र व्यावसायिकताको वास्तविक परीक्षा हुने भन्दै उनले यस्तो परीक्षामा दृढ भएर उभिन सक्ने नेतृत्व आजको नेपाललाई आवश्यक रहेको बताएका छन्।
‘सुशासन भाषणले होइन, साहसिक निर्णय र निष्पक्ष कार्यान्वयनले स्थापित हुन्छ’ भन्ने धारणा राख्दै ताम्राकारले आईजीपी कार्कीप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
देशमा कानुनको शासन बलियो बनाउने यात्रामा आईजीपी कार्कीको नेतृत्व अझ प्रभावकारी बन्नुपर्ने उल्लेख गर्दै ताम्राकारले उहाँको साहस र निडरता नडगमगाओस् तथा सुशासनको अभियान अझ बलियो बनोस् भन्ने शुभकामना दिएका छन्।
ताम्राकारको स्टाटसले आईजीपी कार्कीको नेतृत्वप्रति समर्थन र विश्वास व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि संस्थागत जिम्मेवारी र कानुनी शासनको पक्षमा खम्बा बनेर उभिनुपर्ने सन्देश दिएको छ।