ईतिहास रच्दै रास्वपाबाट भूमिका श्रेष्ठ समानुपातिक सांसद

theoutsidenepal.com

ईतिहासमै पहिलो पटक तेस्रो लिङ्गी समुदायबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भूमिका श्रेष्ठ समानुपातिक सांसद बन्न सफल भएकी छन्। नेपालको संसदीय इतिहासमा यो एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि मानिएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फबाट भूमिका श्रेष्ठलाई संसदमा पठाउने निर्णय गरेसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व औपचारिक रूपमा संघीय संसदमा पुगेको हो। यस कदमलाई समावेशी लोकतन्त्रको दिशामा सकारात्मक पहलका रूपमा हेरिएको छ।


भूमिका श्रेष्ठ लामो समयदेखि तेस्रो लिङ्गी समुदायको अधिकार, पहिचान र समानताको पक्षमा सक्रिय रूपमा आवाज उठाउँदै आएकी थिइन्। उनको संसद प्रवेशले नीति निर्माण तहमा समुदायका मुद्दा प्रत्यक्ष रूपमा उठ्ने अपेक्षा गरिएको छ।


राजनीतिक वृत्तमा रास्वपाको यस निर्णयलाई साहसिक र दूरदर्शी कदमका रूपमा चर्चा गरिएको छ। धेरैले यसलाई सामाजिक समावेशिता र समान अवसरको सन्देश दिने ऐतिहासिक निर्णय बताएका छन्।


उनको सफलतासँगै समर्थकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।


प्रतिक्रिया