Non-Resident Nepali Association—कोलोराडो साहित्य सम्मेलनमा सहभागी भएर फर्किए अध्यक्ष सतेन्द्र शाह

theoutsidenepal.com

Non-Resident Nepali Association—कोलोराडो साहित्य सम्मेलनमा सहभागी भएर फर्किए अध्यक्ष सतेन्द्र शाह

अमेरिकास्थित Non-Resident Nepali Association (एनआरएनए एनसीसी अमेरिका) का अध्यक्ष Satendra Shah ले अमेरिकाको Colorado मा आयोजित ९ौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा विशेष अतिथिको रूपमा सहभागी भएको अनुभव स्मरणीय र प्रेरणादायी रहेको बताएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै अध्यक्ष शाहले उक्त सम्मेलनले नेपाली भाषा, साहित्य तथा संस्कृतिलाई विश्वव्यापी रूपमा जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरेका छन्। उनले सम्मेलनमार्फत प्रवासमा रहेका नेपाली समुदायबीच साहित्यिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध अझ सुदृढ बनेको बताएका छन्।


भ्रमणका क्रममा NRNA Colorado Chapter, Rocky Mountain Family, Nepal Ghar लगायत सम्पूर्ण एनआरएनए अभियन्ताहरूले देखाएको आत्मीय आतिथ्य, सम्मान र सहयोगप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्। उहाँहरूको माया, सद्भाव र अपनत्वले कोलोराडो बसाइलाई अझ विशेष र अविस्मरणीय बनाएको शाहले उल्लेख गरेका छन्।


त्यसैगरी, सम्मेलनका अवसरमा नेपालबाट पुगेका पत्रकारहरूसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गर्ने अवसर मिलेको पनि उनले बताएका छन्। नेपाली समाज, साहित्य, प्रवास जीवन तथा वर्तमान परिस्थितिबारे भएको संवाद सकारात्मक र प्रेरणादायी रहेको उनको भनाइ छ।

अन्त्यमा अध्यक्ष शाहले नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समर्पित सम्पूर्ण आयोजक, साहित्यकार, स्रष्टा तथा सहभागीहरूलाई सफल सम्मेलनको शुभकामना तथा बधाई व्यक्त गरेका छन्।


प्रतिक्रिया