द टन न्युज ,काठमाडौं – नेकपा एमाले संसदीय दलको अभिमुखिकरण कार्यक्रम आज संसद सचिवालय भवन, सिंहदरबारमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी भएर नजिकबाट सुन्न र बुझ्न पाएको अनुभवका बारेमा युवा नेता डा. अबुल हुसेन अन्सारीले आफ्नो सामाजिक सञ्जालमा जानकारी दिएका छन्।
उहाँले उल्लेख गर्नुभयो कि, “राजेन्द्र फुँयालज्यू र बरिष्ठ अधिवक्ता टीकाराम भट्टराईज्यूहरूको नेतृत्वमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन पाउँदा नयाँ ज्ञान र दृष्टिकोण प्राप्त भएको छ। यसले संसदीय काम र नीति निर्माण प्रक्रियामा अझ प्रभावकारी योगदान गर्न प्रेरित गरेको छ।”
डॉ. अन्सारीले दलभित्रको ज्ञान आदान–प्रदान र अनुभव साझा गर्ने अवसरलाई महत्वका साथ लिनुपर्नेमा जोड दिनुभएको छ। उहाँको यो पहलले युवा नेताहरूलाई सक्रिय र सशक्त बनाउने अपेक्षा गरिएको छ।