मधेशमा गुइँठा: सस्तो र परम्परागत इन्धनले ऊर्जा सुरक्षामा टेवा

theoutsidenepal.com

जनकपुरधाम — मधेश क्षेत्रमा गाई–भैंसीको गोबरबाट बनाइने ‘गुइँठा’ ग्रामीण जीवनमा अझै पनि महत्वपूर्ण इन्धनका रूपमा प्रयोग हुँदै आएको छ। सस्तो, सजिलै उपलब्ध र स्थानीय स्रोतमा आधारित भएकाले गुइँठाले दैनिक खाना पकाउने काममा ठूलो सहयोग पुर्‍याइरहेको छ।


सामाजिक अभियन्ता कौशल शाह ले आफ्नो धारणा सार्वजनिक गर्दै गुइँठाले ग्रामीण क्षेत्रको ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार आर्थिक रूपमा कमजोर समुदायका लागि यो इन्धन व्यवहारिक र भरपर्दो विकल्प बनेको छ।


मधेशका गाउँघरमा अझै पनि गुइँठा दाउरा र ग्यासको विकल्पका रूपमा प्रयोग हुने गरेको छ। विशेषगरी ग्यासको अभाव वा मूल्यवृद्धिको समयमा यसले झनै उपयोगिता देखाउने गरेको स्थानीयवासी बताउँछन्।


यद्यपि, आधुनिक ऊर्जाको पहुँच विस्तार हुँदै जाँदा गुइँठाको प्रयोग केही घट्दो क्रममा भए पनि यसको परम्परागत महत्व अझै कायम रहेको छ। ग्रामीण जीवनशैलीसँग गासिएको यो इन्धनले वातावरणीय, आर्थिक र सामाजिक पक्षमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ।


प्रतिक्रिया