प्युठान । नेकपा एमालेका नेता सूर्य थापाप्रति प्युठानमा समर्थकहरूको उल्लेखनीय उत्साह देखिएको छ। विभिन्न कार्यक्रम र भेटघाटका क्रममा स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गर्दै उनको घाँटीमा करिब १० किलो हाराहारीको ठूलो माला पहिराएका छन्।
कार्यक्रमस्थलमा ठूलो संख्यामा उपस्थित समर्थकहरूले नाराबाजी, फूलमाला र खादा ओढाएर थापालाई सम्मान गरेका थिए। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको बाक्लो सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको सहभागीहरूले बताएका छन्।
10 February 2026