एनआरएनएको प्रवक्तामा सोम सापकोटा चयन
काठमाडौँ। विश्वभर रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ महाधिवेशनले अनुभवी अभियन्ता सोम सापकोटा लाई प्रवक्ताको जिम्मेवारीमा चयन गरेको छ।
यसअघि ११औँ महाधिवेशनमा उपमहासचिव पदमा निर्वाचित भइसकेका सापकोटा लामो समयदेखि संस्थाभित्र सक्रिय रहँदै आएका एक प्रतिबद्ध र प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्।
सन् १९९६ देखि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशको अनुभव हासिल गरेका उनले सन् २०१७ देखि बेलायत मा व्यवसाय गर्दै आएका छन्। हाल उनी नेपालमा उत्पादन भएका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई विश्वसामु चिनाउने अभियानमा सक्रिय छन्।
हस्पिटालिटी क्षेत्रमा समेत उनको लगानी उल्लेखनीय रहेको छ। व्यक्तिगत तथा सामूहिक लगानीमार्फत उनले विभिन्न परियोजनामा संलग्नता जनाएका छन् भने मेघौली, चितवन मा रिसोर्ट निर्माण कार्य अगाडि बढाइरहेका छन्।
एनआरएनएको प्रवक्ताको रूपमा सापकोटाले अब संस्थाको गतिविधि, नीति तथा कार्यक्रमलाई विश्वभरका नेपाली समुदायसम्म प्रभावकारी ढंगले पुर्याउने महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
हार्दिक बधाई तथा शुभकामना
प्रवक्तामा चयन हुनुभएका सोम सापकोटालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
उहाँको अनुभव, सक्रियता र नेतृत्वले एनआरएनएको आवाजलाई अझ सशक्त, स्पष्ट र प्रभावकारी बनाउने विश्वास गरिएको छ।