४० देशका नेपाली युवाको विशेष उपस्थितिमा शेष घलेको सम्बोधन १४ फेब्रुअरीमा

theoutsidenepal.com

विश्वभर फैलिएको ‘जय नेपाल फाउंडेशन’— हार्दिकता, सामाजिक सद्भाव र युवा एकताको सन्देश बोकेर अगाडि


—सामाजिक कार्यमा सक्रिय र विश्वका युवालाई एउटै सूत्रमा बाँध्ने उद्देश्यसहित ‘जय नेपाल फाउंडेशन’ले आफ्नो संगठनात्मक गतिविधि तीव्र बनाएको छ । जय नेपाल फाउंडेशन ग्लोबल यूथ नेटवर्क का अध्यक्ष मदन राज पौडेलको नेतृत्वमा फाउंडेशनले २५ देशमा संगठन विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली उपस्थिति बनाएको जनाएको छ ।


संस्थाका केन्द्रीय सदस्य महेन्द्र बस्नेतसहित विभिन्न देशमा रहेका युवाहरू सामाजिक सेवामा सक्रिय रूपमा जुटिरहेका छन् । ४० देशका युवाहरू केन्द्रीय समितिमा आवद्ध भई विश्वव्यापी सञ्जाल निर्माण गर्दै सामाजिक सद्भाव, सहकार्य र युवा एकताको अभियानलाई मजबुत बनाइरहेका छन् ।


आगामी १४ फेब्रुअरी साँझ ५ बजे (नेपाली समय) जुममार्फत विशेष अन्तर्राष्ट्रिय बैठक आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिष्ठित व्यक्तित्व डा. शेष घलेको विशेष सम्बोधन रहने जनाइएको छ । कार्यक्रममार्फत ‘हार्दिकता, सामाजिक सद्भाव र युवा एकता’लाई मूल उद्देश्य बनाएर विश्वभर रहेका नेपाली युवाबीच आपसी सहकार्य र सकारात्मक ऊर्जा फैलाउने लक्ष्य राखिएको छ ।


जय नेपाल फाउंडेशनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितको नेतृत्वमा संस्था निरन्तर सामाजिक अभियान, युवा सशक्तीकरण र मानवीय सहयोगका कार्यमा अग्रसर रहेको छ । विश्वका विभिन्न देशमा रहेका नेपाली युवालाई एउटै छातामुनि ल्याएर सकारात्मक परिवर्तनको सन्देश दिन सफल हुँदै आएको फाउंडेशनको पहललाई सामाजिक क्षेत्रले प्रशंसनीय कदमका रूपमा लिएको छ ।


सामाजिक सद्भाव र सहकार्यलाई प्राथमिकता दिँदै अगाडि बढिरहेको जय नेपाल फाउंडेशनले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रममार्फत समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ ।

यो कार्यक्रम को संयोजक महेन्द्र बस्नेत ले गर्नु हुनेछ । 


प्रतिक्रिया