रेड राईनोज भलिवल क्लबले “बालेन कप २०२६” आयोजना गर्दै

theoutsidenepal.com

रेड राईनोज भलिवल क्लबले “बालेन कप २०२६” आयोजना गर्दै—सिड्नीमा पहिलो पटक नेपाली समुदायका लागि विशेष भलिवल प्रतियोगिता


सिड्नी, अष्ट्रेलिया – रेड राईनोज भलिवल क्लब, सिड्नीले पहिलो पटक नेपाली समुदायका लागि “बालेन कप २०२६” भलिवल प्रतियोगिता आयोजना गर्न लागेको छ। प्रतियोगिता शनिबार, ४ अप्रिल २०२६, अबर्न बास्केटबल सेन्टर, लिडकॉम्बे मा बिहान ७:३० बजेबाट साँझ ८ बजेसम्म सञ्चालन हुने छ।


यो प्रतियोगितामा पुरुषहरू (४-ए साइड) र महिलाहरू (६-ए साइड) का खेलाडीहरू सहभागी हुनेछन्। प्रतियोगिता विशेष गरी ३५ वर्ष माथिका नागरिक खेलाडीहरू (क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका) का लागि खुला हुनेछ।


प्रतियोगिताको मुख्य उद्देश्य खेलकुद, सहकार्य र सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्नु हो। यस अवसरमा सांस्कृतिक नृत्य प्रस्तुतिहरू पनि हुनेछन्, जसले खेलाडी, दर्शक र पाहुनालाई मनोरञ्जन प्रदान गर्नेछ।


प्रतियोगिताका आयोजक मदन साउद (इभेन्ट कोर्डिनेटर, पूर्व उपाध्यक्ष, NVA जापान) ले बताएअनुसार, “यो प्रतियोगिता खेलकुदमात्र नभई नेपाली समुदायबीचको मेलमिलाप र सहकार्य बढाउने एउटा अवसर पनि हो। हामी सबैलाई स्वागत गर्दछौं।”


आयोजक कमिटी 



• निश्चल सापकोटा – खेलाडी

• विजय आचार्य – खेलाडी

• मिलन कार्की – टिम कोच

• प्रविण कुँवर – टिम म्यानेजर


       • केशव छन्त्याल— खेलाडी

• राजकुमार छन्त्याल— खेलाडी


    


प्रतियोगिताको टाइटल प्रायोजक: Everest Global Education Visa

प्रायोजकत्वका अवसरहरू:


प्लाटिनम स्पोन्सर (1000$ र माथि)

• औपचारिक कार्यक्रममा उपस्थित हुन निमन्त्रणा

• सम्मान पत्र र टोकन

• सामाजिक सञ्जालमा व्यवसायको प्रचार

• प्रतियोगिताको समयमा बारम्बार धन्यवाद


गोल्ड स्पोन्सर (500$ र माथि)

• औपचारिक कार्यक्रममा निमन्त्रणा

• सम्मान पत्र र टोकन

• सामाजिक सञ्जालमा व्यवसायको प्रचार

• प्रतियोगिताको समयमा धन्यवाद


सिल्भर स्पोन्सर (300$ र माथि)

• औपचारिक कार्यक्रममा निमन्त्रणा

• सम्मान पत्र र टोकन

• सामाजिक सञ्जालमा व्यवसायको प्रचार

• प्रतियोगिताको समयमा धन्यवाद


पुरस्कार वितरण


पुरुष विजेता – १५००$ नगद, ट्रफी, पदक र प्रमाणपत्र

महिला विजेता – ८००$ नगद, ट्रफी, पदक र प्रमाणपत्र

पुरुष उपविजेता – १०००$ नगद, ट्रफी, पदक र प्रमाणपत्र

महिला उपविजेता – ५००$ नगद, ट्रफी, पदक र प्रमाणपत्र

सर्वोत्कृष्ट खेलाडी (पुरुष/महिला) – १००$ नगद, ट्रफी, पदक र प्रमाणपत्र

सर्वोत्कृष्ट स्पाइकर/सेरभर/सेटर/ब्लकर (पुरुष) – प्रत्येक ५०$ नगद, ट्रफी, पदक र प्रमाणपत्र


प्रतियोगिताको बारेमा थप जानकारी र प्रायोजकत्वका लागि redrhinos26@gmail.com मा सम्पर्क गर्न सकिन्छ।


मदन साउदले सबै खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी भएर खेलकुदको आनन्द लिन र नेपाली समुदायसँगको सम्बन्धलाई बलियो बनाउन आमन्त्रण गरेका छन्।



खेल तालिका सार्वजनिक


प्रतियोगिताका लागि दुई कोर्टमा खेल सञ्चालन गरिनेछ:


🔹 कोर्ट १ (महिला तथा पुरुष खेलहरू)

• जलजला vs एभरेस्ट ग्लोबल

• म्याग्दी काली vs पर्वत बेनी ‘B’

• मंगला vs जलजला (महिला)

• म्याग्दी काली vs बुकिपाटन (महिला)

• पोखरा vs विजेता (महिला)

• फाइनल खेल दिउँसो २:३० बजेपछि


🔹 कोर्ट २ (पुरुष खेलहरू)

• छन्त्याल vs रेड राईनोज ‘B’

• पर्वत बेनी ‘A’ vs मोना

• गुरखा बोयज vs विजेता

• मंगला vs विजेता

• रेड राईनोज ‘A’ vs विजेता

• सेमिफाइनल तथा फाइनल खेलहरू साँझसम्म

प्रतिक्रिया