आफ्नै निवासबाटै पक्राउ परे पूर्व गृहमन्त्री रमेश लेखक

theoutsidenepal.com

काठमाडौं।पूर्व गृहमन्त्री रमेश लेखक आफ्नै निवासबाटै पक्राउ परेका छन्। सुरक्षा निकायको विशेष टोलीले आज बिहानै उनको घरबाट नियन्त्रणमा लिएको हो। पक्राउसँगै देशको राजनीतिक वृत्तमा ठूलो हलचल मच्चिएको छ।

प्राप्त जानकारीअनुसार, उनीमाथि गम्भीर प्रकृतिका आरोपहरू लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो। यद्यपि, आधिकारिक रूपमा कुन मुद्दामा पक्राउ गरिएको भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट खुलाएको छैन।

स्रोतका अनुसार, लामो समयदेखि उनीमाथि निगरानी राखिएको थियो। पछिल्लो समय संकलित प्रमाणका आधारमा प्रहरीले आज कारबाही अघि बढाएको बताइएको छ। पक्राउसँगै उनको निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

यस घटनापछि राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ। केही नेताहरूले यसलाई “राजनीतिक प्रतिशोध” भनेका छन् भने अन्यले कानूनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन्।

पूर्व रमेश गृहमन्त्री लेखकलाई अहिले प्रहरी हिरासतमा राखिएको छ र आवश्यक अनुसन्धान अघि बढाइँदैछ। आजै उनलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया