गोबर गणेश: नेपाली चलचित्रले जीवन, माया र सफलता सन्देश प्रस्तुत गर्‍यो

theoutsidenepal.com

गोबर गणेश: नेपाली चलचित्रले जीवन, माया र सफलता सन्देश प्रस्तुत गर्‍यो

काठमाडौं — समाजसेवी सिव बन्जारा हालै प्रदर्शनमा आएको नेपाली चलचित्र “गोबर गणेश” हेर्न हल पुगेका छन्। बन्जारा अनुसार, यो चलचित्र मरिचमान श्रेष्ठ द्वारा लेखन र मुख्य पात्रमा अभिनीत अत्यन्तै मेहनतपूर्ण निर्माण हो।


चलचित्रले दर्शकमा भावुकता जगाउने मात्र नभई, जीवन संघर्षको महत्व पनि दर्शाएको छ। चलचित्रले देखाउँछ कि हरेक हण्डर र ठक्कर बाबजुत पनि निरन्तर अघि बढ्नुपर्छ। यसैगरी, चलचित्रले मातृत्वको अमूल्य माया पनि उजागर गरेको छ। आफ्ना सन्तानको खुशी र सफलताको लागि आमाको माया, प्रेरणा र त्याग अतुलनीय हुन्छ।

साथै, चलचित्रले जीवनमा सफलता पाउनका लागि लब्धाङ्कपत्रमा अंक मात्र पर्याप्त नहुने कुरा पनि दर्शाएको छ। आफ्नै भित्रको क्षमता पहिचान, लगाव र त्यसको प्रस्फुटन नै वास्तविक सफलता प्राप्तिको मुख्य आधार हुन्।


सिव बन्जाराले देश तथा विदेशमा रहेका सम्पूर्ण दर्शक–श्रोतामा आग्रह गर्दै भनेका छन् कि आफूले पायक पर्ने हलमा गएर “गोबर गणेश” अवश्य हेर्नुहोस् र नेपाली चलचित्रलाई माया तथा हौसला प्रदान गर्नुहोस्। उनले भाई मरिचमान श्रेष्ठ र सम्पूर्ण चलचित्र टिमलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन्।


चलचित्रले नेपाली समाजमा सकारात्मक सोच र प्रेरणा फैलाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया