एनआरएनए एनसीसी जापानको क्षेत्रीय भेलामा १२ क्षेत्रको कार्यसम्पादन समीक्षा, चिवा क्षेत्र उत्कृष्ट घोषित

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानद्वारा जापानमा रहेका १२ क्षेत्रीय समितिहरूको हालसम्मको कार्यसम्पादन विवरण तथा आगामी कार्यकालका योजना प्रस्तुत गरिएको क्षेत्रीय भेला आइतबार सम्पन्न भएको छ।


भेलामा विभिन्न क्षेत्रहरूले गरेका कामहरूको प्रस्तुति सुन्ने अवसर मिलेको बताउँदै एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन प्रसाद शेरचनले ती कार्यहरू साँच्चै लोभलाग्दा र जनमुखी रहेको प्रतिक्रिया दिएका छन्। उनले क्षेत्रीय समितिहरूले प्रवासमा रहेका नेपालीहरूको हितमा गरेका कामहरू सुन्दा गर्वको अनुभूति भएको उल्लेख गरेका छन्।


कार्यसम्पादनको मूल्यांकनका आधारमा चिवा (Chiba) क्षेत्रलाई उत्कृष्ट क्षेत्रीय समिति घोषणा गरिएको छ। उपाध्यक्ष शेरचनले चिवा क्षेत्रीय समितिलाई उक्त उपलब्धिका लागि हार्दिक बधाई ज्ञापन गरेका छन्।


त्यसैगरी, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सेन्दाई (仙台) क्षेत्रीय समिति तथा एनआरएनए जापानलाई उनले विशेष धन्यवाद तथा आभार व्यक्त गरेका छन्।


एनआरएनए एनसीसी जापानद्वारा आयोजित उक्त क्षेत्रीय भेलाले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा, पारदर्शिता र जनमुखी कार्यसंस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया