कृष्णपुर–५ गुलरीयामा जनलहर : एनपी साउदको पक्षमा उत्साहजनक भेटघाट कार्यक्रम

theoutsidenepal.com

कञ्चनपुर क्षेत्र नं. २ अन्तर्गत कृष्णपुर नगरपालिका–०५ गुलरीयामा आयोजित भव्य भेटघाट कार्यक्रमले चुनावी माहोल थप तातेको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद ज्युको उपस्थितिले गुलरीया क्षेत्र नै उत्साहले गुञ्जायमान बनेको थियो।


स्थानीय बासिन्दा, युवायुवती, आमा–बुबा तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा साउद ज्युले आफ्नो दीर्घ राजनीतिक अनुभव, विकासप्रतिको प्रतिबद्धता र कञ्चनपुरलाई समृद्ध बनाउने स्पष्ट योजना प्रस्तुत गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै क्षेत्रीय विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो।


कार्यक्रममा उपस्थित जनसमुदायले फागुन २१ गते हुने निर्वाचनमा रूख चिन्हमा मतदान गरी एनपी साउद ज्युलाई बहुमतका साथ विजयी गराउने अठोट व्यक्त गरेका छन्। गाउँ–टोलदेखि घरदैलो अभियानसम्म जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको स्थानीय अगुवाहरूको दाबी छ।


राजनीतिक विश्लेषकहरूका अनुसार कञ्चनपुर–२ मा साउदको पकड बलियो बन्दै गएको छ र गुलरीयाको यो उत्साहले जितको संकेत झन् स्पष्ट बनाएको छ।


प्रतिक्रिया