अमेरिकामा आदिवासी जनजातिको शक्ति प्रदर्शन: FIPNA को १०औं महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन

theoutsidenepal.com

अमेरिकामा आदिवासी जनजातिको शक्ति प्रदर्शन: FIPNA को १०औं महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन


अमेरिका।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को १०औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आदिवासी जनजाति समुदायको एकता र सशक्त उपस्थिति पुनः स्थापित गरेको छ। महाधिवेशनबाट पासागं शेर्पा (एपी लामा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन भएको हो।


नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शम्भु राई, उपाध्यक्षमा राजु तामाङ, महासचिवमा डम्बर बहादुर लिम्बू (सुमन थाम्सुहाङ) चयन हुनुभएको छ। सहकोषाध्यक्षमा कर्मा शेर्पा ढोक्प्या रहनुभएको छ भने सदस्यहरूमा टासी ढोन्धुप लामा, ओम गुरूङ, हरि जवेगु र भुपेन्द्र बज्रचार्य चयन हुनुभएको छ। महिला उपाध्यक्ष र कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने जनाइएको छ।


यस ऐतिहासिक अवसरमा सतेन्द्र साह (NRNA NCC USA अध्यक्ष) ले सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले FIPNA ले प्रवासमा रहेका आदिवासी जनजातिहरूको हकहित, पहिचान र अधिकारका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।


महाधिवेशनले प्रवासमा आदिवासी जनजाति समुदायको एकता, नेतृत्व विकास र अन्तर्राष्ट्रिय स्तरमा पहिचान विस्तार गर्ने दिशामा नयाँ ऊर्जा थपेको विश्लेषण गरिएको छ। नयाँ कार्यसमितिले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रममार्फत समुदायलाई संगठित गर्दै सशक्त आवाज उठाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया