नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रीता शाही विजयी
द टन न्युज । विशेष रिपोर्ट
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको ३५ वर्षमुनिको युवा महिला क्लस्टरअन्तर्गत केन्द्रीय सदस्यमा रीता शाही निर्वाचित भएकी छन्।
बाजुरा जिल्लाकी नेतृ शाहीको विजयलाई युवा तथा महिला नेतृत्वको प्रतिनिधित्वका रूपमा हेरिएको छ। पार्टीको केन्द्रीय तहमा युवा महिलाको उपस्थिति थप सशक्त बनाउने अवसरका रूपमा उनको निर्वाचित यात्रालाई लिइएको छ।
शाही निर्वाचित भएपछि जिल्लावासी, शुभेच्छुक तथा समर्थकहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। बधाई सन्देशमा उनको राजनीतिक यात्रा सफल रहोस्, युवा तथा महिलाका आवाज पार्टीको नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पुगून् र आगामी दिनमा समाज तथा राष्ट्रका लागि थप योगदान दिन सकून् भन्ने अपेक्षा व्यक्त गरिएको छ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित शाहीले आगामी कार्यकालमा युवा पुस्ताका मुद्दा, महिला सहभागिता र सुदूरपश्चिमको आवाजलाई पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्।