झापा–५ मा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड, अनुसन्धान जारी

theoutsidenepal.com

झापा । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । सो क्षेत्रमा पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार रहेका छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको जनाएको छ ।


कमल गाउँपालिका–२ स्थित पार्टीको सम्पर्क कार्यालयमा गरिएको तोडफोडबाट कार्यालयको सिसा फुटेको छ भने अन्य ठूलो भौतिक क्षति नभएको पार्टी स्रोतले जनाएको छ । घटनापछि स्थानीय नेता तथा कार्यकर्ताले सुरक्षाको माग गरेका छन् ।


तोडफोड कसले र किन गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन । पार्टीले घटनाबारे प्रहरीमा जानकारी गराएको छ भने संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


निर्वाचनको माहोल तातिरहेको अवस्थामा भएको यस घटनाले स्थानीय राजनीतिक वृत्तमा चासो र चिन्ता बढाएको छ । प्रहरीले घटनामा संलग्न जो–कोहीलाई कानुनी कारबाही गरिने बताएको छ ।


प्रतिक्रिया