भोटेकोशी बाढी राहत कोषमा एनआरएनएको सहयोग प्रतिबद्धता ८ करोड नाघ्यो

theoutsidenepal.com

भोटेकोशी बाढी राहत कोषमा एनआरएनएको सहयोग प्रतिबद्धता ८ करोड नाघ्यो

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्थापना गरेको ५ करोड रुपैयाँको राहत कोषमा सहयोगको प्रतिबद्धता ८ करोड रुपैयाँ नाघेको छ।

एनआरएनएले सार्वजनिक गरेको विवरणअनुसार वर्तमान तथा पूर्वपदाधिकारी, सदस्य तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लगायतबाट राहत कोषमा ८ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको हो।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनएले ५ करोड रुपैयाँको राहत कोष स्थापना गरेको थियो।

प्रतिबद्ध रकममध्ये एनआरएनए आईसीसीले पहिलो चरणमा १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेको छ। संघका अध्यक्ष डा. हेमराज शर्माले परराष्ट्रमन्त्री शिशिर खनाललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।

एनआरएनए आईसीसीका अनुसार संकलित रकमको केही हिस्सा प्रभावित क्षेत्रमा देखिएको तत्कालीन आवश्यकताका आधारमा राहत सामग्री खरिद तथा वितरणमा समेत प्रयोग भइरहेको छ। देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा तथा आवश्यक सामग्री पुर्‍याउने र वितरण गर्ने कार्य निरन्तर भइरहेको संघले जनाएको छ।

एनआरएनएले विपद्को कठिन समयमा सहयोगको प्रतिबद्धता जनाउने वर्तमान तथा पूर्वपदाधिकारी, सदस्य, एनसीसी तथा विभिन्न अभियन्ताहरूलाई धन्यवाद व्यक्त गरेको छ।

८ करोडभन्दा बढी सहयोगको प्रतिबद्धताले भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गैरआवासीय नेपाली समुदायको ऐक्यबद्धता र मानवीय जिम्मेवारीलाई थप बलियो बनाएको छ।

सहयोगको प्रतिबद्धता जनाउनुभएका वर्तमान तथा पूर्वपदाधिकारीहरूको नामावली यस प्रकार छ :



प्रतिक्रिया