प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदिश प्रसाद अग्रवाल नियुक्त

theoutsidenepal.com

प्रधानमन्त्रीको  स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदिश प्रसाद अग्रवाल नियुक्त


काठमाडौँ — वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको  स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको छ।


हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीनसमेत रहेका डा. अग्रवालले अब प्रधानमन्त्रीलाई स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती तथा चिकित्सा शिक्षासम्बन्धी सुधारका विषयमा आवश्यक प्राविधिक परामर्श दिनेछन्।


प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार, अनुभवी र विज्ञ व्यक्तित्वको संलग्नताले सरकारलाई स्वास्थ्य क्षेत्र सुधारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनले भनिन्, “आइओएम जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व गरिसक्नुभएका उहाँले अवैतनिक रूपमा आफ्नो ज्ञान र अनुभव राज्यलाई उपलब्ध गराउनुहुनेछ।”


प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यो नियुक्तिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई विशेषज्ञ सल्लाहकारका रूपमा सेवा दिनेछन्।


प्रतिक्रिया