“एजेन्डामा आधारित राजनीति आवश्यक” — दक्षिण कोरियाबाट व्यवसायी सृजना एलिसा नेपालीको धारणा

theoutsidenepal.com

दक्षिण कोरियामा रहनुभएकी नेपाली व्यवसायी Srijana Elisa Nepali ले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै ‘म नभए कोही नहोस्’ भन्ने सोच नै मुख्य समस्या रहेको बताउनुभएको छ।


प्रधानमन्त्री Balendra Shah को तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा व्यक्त गरिएको आफ्नो विचारमा उहाँले दलहरूबीच एक-अर्काको खुट्टा तान्ने प्रवृत्ति त्यागेर एजेन्डामा आधारित बहस आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार राजनीति सेवा भन्दा बढी स्वार्थ र शक्तिको खेल बन्दा राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्ने गरेका छन्।


उहाँले युवाहरूको राजनीतिमा सहभागिता सकारात्मक भए पनि ‘नयाँ कार्यशैली’ सहित आउनु अझ महत्वपूर्ण रहेको बताउनुभयो। नीतिगत ज्ञान, प्रविधि र पारदर्शिता, तथा सांस्कृतिक परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।


सृजना एलिसा नेपालीका अनुसार युवाहरूले केवल नाराबाजीमा सीमित नभई अर्थतन्त्र, वैदेशिक नीति र पूर्वाधार विकासजस्ता विषयमा गहिरो अध्ययन गर्नुपर्छ। साथै, डिजिटल प्रणालीमार्फत भ्रष्टाचार न्यूनीकरण गर्ने र पुरानो ‘चाकरी’ संस्कारलाई अन्त्य गरी क्षमता आधारित नेतृत्व विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।


प्रतिक्रिया