पूर्व अध्यक्ष कुल आचार्यले विवाह वार्षिकोत्सवमा समाजसेवा गरे

theoutsidenepal.com

काठमाडौं – एनआरएनए आईसीसी का पूर्व अध्यक्ष तथा व्यवसायी कुल आचार्यले आज आफ्नी जीवनसंगिनी सीता आचार्यसँगको वैवाहिक जीवनको सुरु भएको दिनको अवसरमा समाजसेवा गरेका छन्।


सांगीतिक एवं व्यक्तिगत अवसरलाई समाज कल्याणसँग जोड्दै, पूर्व अध्यक्ष आचार्यले बिहानै श्रद्धेय आमाको आशिर्वाद लिएर श्री रिमा सेवा समाजमा बसोबास गर्ने ६६ जना बाबाआमा तथा साना नानीहरुलाई भोजन खुवाएका छन्।


उक्त अवसरमा उनले आफ्नो पितृहरुको आशिर्वाद सधैं प्राप्त रहोस् भन्ने कामना व्यक्त गर्दै, विवाह वार्षिकोत्सवको शुभकामना व्यक्त गर्न आउने सबै मित्र तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


कुल आचार्य व्यवसायिक क्षेत्रमा समेत सक्रिय रहेका छन् र सामाजिक क्षेत्रका काममा पनि सकृय योगदान पुर्‍याउँदै आएका छन्।


प्रतिक्रिया