एनआरएनए महिला उपाध्यक्षमा राधिका (टिका) गुरुङ निर्विरोध निर्वाचित

theoutsidenepal.com

काठमाडौं । Non-Resident Nepali Association (एनआरएनए) को महिला उपाध्यक्ष पदमा Radhika Gurung निर्विरोध निर्वाचित भएकी छन्। आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा महिला उपाध्यक्ष पदमा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। यद्यपि यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको बताइएको छ।


झण्डै दुई दशकदेखि एनआरएनए अभियानमा सक्रिय रहँदै आएकी गुरुङ करिब ३० वर्षदेखि Hong Kong मा बसोबास गर्दै आएकी छन्। त्यहाँ उनी व्यवसाय तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै नेपाली समुदायबीच महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।


गुरुङ NRNA Hong Kong मा दुई कार्यकाल अध्यक्ष भइसकेकी छन्। साथै उनले एनआरएनए अन्तर्राष्ट्रिय संरचनाअन्तर्गत एसिया–प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी पनि सम्हालिसकेकी छन्। हाल उनी एनआरएनएको दोस्रो कार्यकालका लागि सचिव पदमा कार्यरत छिन्।


यसैबीच, एनआरएनएको अध्यक्ष पदका लागि Dr Hemraj Sharma, Rabin Bajracharya र Rabin Sherchan ले उम्मेदवारी दिएका छन्। त्यस्तै, छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको बताइएको छ।


12th NRNA Global Convention अन्तर्गत हुने एनआरएनएको १२औँ महाधिवेशन Kathmandu मा हुँदैछ, जहाँ नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।


प्रतिक्रिया