परमादेशपछि रिहा भएलगत्तै उद्योगी शेखर गोल्छा पुनः पक्राउ

theoutsidenepal.com

परमादेशपछि रिहा भएलगत्तै उद्योगी शेखर गोल्छा पुनः पक्राउ


काठमाडौं — सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका उद्योगी शेखर गोल्छा पुनः पक्राउ परेका छन्। अदालतको आदेशअनुसार रिहा भएका गोल्छालाई प्रहरीले फेरि नियन्त्रणमा लिएको हो।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोमबार गोल्छाको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुने र उनी छुट्न सक्ने सम्भावना देखेपछि दिउँसै अदालतबाट पक्राउ पुर्जी लिएको थियो। सोही पुर्जीका आधारमा उनलाई पुनः पक्राउ गरी बिमा सम्बन्धी विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


नेपाल उद्योग वाणिज्य महासंघ का पूर्व अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्षसमेत रहेका गोल्छालाई यसअघि नेपाल धितोपत्र बोर्ड को छानबिन प्रतिवेदनका आधारमा वैशाख ११ गते पक्राउ गरिएको थियो।


प्रहरीका अनुसार उक्त प्रकरणमा थप प्रमाण संकलन र अनुसन्धान प्रक्रिया जारी रहेको छ।


प्रतिक्रिया