रास्वपा नेतृत्वद्वय रवि लामिछाने र बालेन शाहको प्रजातन्त्र दिवस र रमजान शुभकामना सन्देश

theoutsidenepal.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले प्रजातन्त्र दिवस र पवित्र रमजान महिनाको अवसरमा नागरिकहरूलाई शुभकामना दिएका छन्।


रवि लामिछानेले प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। साथै, हिजोबाट सुरु भएको रमजान महिनामा समस्त मुस्लिम समुदायलाई मुबारकबाद दिँदै यस महिनाले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन प्रेरित गरोस् भनी कामना व्यक्त गरेका छन्।


यसैगरी, बालेन शाहले पनि आफ्नो सन्देशमार्फत रमजानलाई “संयमको परीक्षा, प्रार्थनाको शक्ति र सदभावको सुगन्ध फैलिने पवित्र महिना”को रूपमा व्याख्या गर्दै सबैलाई शुभकामना दिएका छन्।


उनीहरूको सन्देशले सामाजिक सद्भाव, सहिष्णुता र समावेशीताको महत्वमा विश्वास राख्ने नागरिकहरूमा सकारात्मक प्रतिक्रिया उत्पन्न गरेको छ।


प्रतिक्रिया