प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

theoutsidenepal.com

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

द टन न्युज । काठमाडौं ।
प्रधानमन्त्री बोलेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकातर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह कतार एअरवेजमार्फत दोहा ट्रान्जिट हुँदै अमेरिकाको न्यूयोर्क पुग्नेछन्। उनको यो भ्रमण प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमणसमेत हो।


प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत असोज ८ गते उच्चस्तरीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा नेपालका प्राथमिकता, जलवायु परिवर्तन, हिमाल संरक्षण तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

महासभामा सहभागिता तथा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।


प्रधानमन्त्रीको भ्रमणलाई नेपालको अन्तर्राष्ट्रिय प्रतिनिधित्व र विश्वमञ्चमा नेपालको प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

#BalenShah #PrimeMinister #UNGA81 #Nepal #NewYork #TheTONnews


प्रतिक्रिया